कपिलवस्तुमा विद्युत सर्ट भई आगलागी हुँदा तीन जनाको घर नष्ट

समाचार

12/28/2019

कपिलवस्तु, १२ पुस । कपिलवस्तु नगरपालिका–२ बर्गदवा बस्ने नितेश पासीको घरमा बिद्युत सर्ट भई आगलागी भएको छ ।

शनिबार बिहान आगलागी हुँदा पासी समेत अन्य ३ जनाको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट करिब ५ लाख ५९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ