कपिलवस्तु : जीप दुर्घटनामा एकको मृत्यु, एक घाइते

समाचार

5/26/2019

कपिलवस्तु, १२ जेठ । मायादेवी गाउँपालिका–८ बरकुलस्थित सडकखण्डमा लु.१ ज ४१७५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना हुँदा जीपमा सवार सोही स्थान बस्ने २८ वर्षीय बिनोद चमारको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका यशोधरा गाउँपालिका ४ का २० वर्षीय मुक्तार अहमद मुसलबानको भारतको अलिगढमा उपचार भैरहेको छ । जीप चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ