कपिलवस्तु : निषेधाज्ञा साँझ ५ बजेसम्मका लागि फुकुवा

समाचार

10/22/2018

कपिलवस्तु, ५ कार्तिक । जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा आज साँझ ५ बजेसम्म निषेधाज्ञा हटाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले निषेधाज्ञा लगाएको थियो ।

निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ । शनिबारदेखि बढेको विवाद आजदेखि सामान्य बनेको हो ।

गए राति कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो । विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो ।

मूर्ति विसर्जन गर्न जाने बाटाको विषयमा विवाद भएको थियो । कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म निषेधाज्ञा लगाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ