कपिलवस्तु : महाराजगंजको वडा नं २ र ३ खुल्ला दिसामुक्त

समाचार

4/10/2019

कपिलवस्तु २७ चैत । महाराजगंज नगरपालिकाको वडा नं २ र ३ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । महाराजगंज नगरपालिका वडा नं २ मा ७ सय ८१ र वडा नं ३ ५ सय ८७ घरधुरीले चर्पी निर्माण र प्रयोग भएपछि वडालाई खुल््ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

घोषणा समारोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य दृगनारायण पाण्डेले स्वास्थ्य हुनका लागि दिसा पिसाव चर्पीमा नै गर्नुपर्ने र चर्पीमा दिसा पिसाव गर्दा बाहिर फोहोर नहुँदा समाज पनि सफा र स्वच्छ बन्ने बताए ।

प्रदेश सभा सदस्य पाण्डेले खुल्ला दिसामुक्त वडा घोषणा भई सकेपछि यस क्षेत्रको शान बढेको र प्रयोगमा जोड दिनुपर्ने बताए ।

सो अवसरमा नगरप्रमुख अब्दुल कलामले वडा नंं २ र ३ ले खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन सक्नुमा स्थानीय जनताको सरसफाईप्रतिको जागरुकता, स्थानीय जनप्रतिनिधी र सरसफाई प्रतिनिधीहरुको सक्रियताले वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सम्भव भएका बताए ।

साथै उनले सरसफाई नै पहिलो आवश्यकता रहेको हुंदा सरसफाइको क्षेत्रमा स्थानीय जनता नै चनाखो बन्नुपर्ने बताए ।

नेपाललाई पूर्ण खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत नगरपालिकाभित्रका वडाहरुलाई क्रमशः खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दै सिँगो नगरलाई नै खुल्ला दिसामुक्त नगर घोषणा गर्ने कार्यक्रम रहेको महाराजगंज नगरपालिकाका वास अधिकृत अनिल पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ