रुपन्देही, ६ असार । बुटवल उपमहानगरपालिका १२ नयाँगाउँस्थित एक कपास कारखानामा आगलागी हुँदा पाँच लाखभन्दा बढीको क्षति भएको छ ।
गुल्मीका कृष्ण खत्रीको कपास बनाउने कारखानामा शुक्रबार बिहान आगलागी भएको हो । सो आगलागीबाट कपास बनाउने मेशिन र पुराना कपडाहरु जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहरेको छ ।
तपाईको प्रतिक्रिया