कमलामा बस दुर्घटनाका मृतक परिवारलाई राहत

समाचार

11/27/2018

सर्लाही, ११ मंसिर । सर्लाहीको हरिपुर नगरपालिकाबाट कमला नदीमा पुर्णिामा स्नान गर्न गएका तिर्थालुहरु चढेको बस दुर्घटनामा परी ज्यान गुमाउने परिवारजनलाई राष्ट्रिय जनता पार्टी नेपालका प्रतिनिधिसभा सदस्य प्रमोद साहले राहत उपलब्ध गराएका छन् ।

सांसद साहको सहयोगमा नगद रु. ५७ हजार ६ सय, २१ बोरा चामल, ६ बोरा चिउरा, ३६ थान कम्बल, भांडा बर्तन ६ सेट, झुल, बच्चाहरुको लुगा, ज्याकेट, जिन्स आदी सामानहरु स्थानीय प्रशासन, पत्रकार, जिल्ला समन्वय समितिको संयोजक, व्यापारीहरुको रोहवरमा वितरण गरिएको छ ।

यस दुर्घटनामा परि सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ४५ वर्षीय जगदीश ठाकुरको मृत्यु भएको हो ।

उपचारको क्रममा घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका–९ निवासी ६५ वर्षीय रामपृत साह र सर्लाहीकै हरिपुर नगरपालिका–९ निवासी ३५ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परी ४५ भन्दा बढ़ी तिर्थालु घाईते भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ