कमलामा बस दुर्घटना, एकको मृत्यु, ४५ घाइते

समाचार

11/23/2018

सिरहा, ६ मंसिर । सिरहामा तीर्थयात्री सवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका बडा नं. २ स्थित कमला नदिको पुर्बी किनारमा विहिबार साँझ बस दुर्घटना हुँदा सर्लाही हरिपुर नगरपालिका बडा नं. ९ का ४५ वर्षीय जगदिश ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिए ।

सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा पूर्णीमा स्नान अर्थात भुत मेला भर्न सर्लाहीबाट आएका तिर्थालु चढेको ना ४ ख ४८२५ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ३९४० नम्बरको मिनि ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक सुकदेब खनालले जनाएको छ ।

घाइतेमध्ये गम्भिर अवस्था रहेका ३ जनालाई थप उपचारका लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको र अन्यको कर्जन्हा स्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भईरहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज मनोज चौधरीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ