माटोको भाँडा बनाउन कुमालहरुलाई भ्याईनभ्याई

समाचार

10/24/2019

विराटनगर, ७ कार्तिक । तिहार नजिकिएसँगै विराटनगरका कुमाल समुदायलाई माटोको भाँडो बनाउने हतारो बढेको छ । तिहारमा धनकी देवी लक्ष्मीको पुजा आरधनामा प्रयोग हुने माटोको दियो बनाउन यो सिजनमा माटोको भाँडा बनाउने कुमालेहरुलाई भ्याईनभ्याई हुन्छ ।

। लक्ष्मीपुजाको दिन दिपावली गर्न तथा बत्ती बाल्नका लागि माटोको दियो शुद्ध हुने भएकाले त्यही दियोमा बत्ती बाल्ने चलन परापूर्वकदेखि चल्दै आएको छ । माटोको सामाग्री बनाउने कुमालेहरुको लागि यो समय निकै व्यस्त रहने समय हो भने आम्दानी पनि राम्रो हुने समय हो । उनीहरु चिम्ट्याईलो माटोबाट दियो, घैला, कोसीया, कुहा, मटकुरी, खुत्रुके, हात्ती, ढकना, दलिया लगायतका समाग्रीहरु बनाउँछन् । त्यसबाट आएको आम्दानीबाट बर्षभरी घर खर्च चलाउने गरेका छन् ।

बिगत ५ बर्ष अघिसम्म राम्रै बिक्रि हुने माटाका भाँडा तथा दियोहरुको अहिले व्यापार घटेको माटोको सामाग्री निर्माण गर्दै आएका एक व्यापारीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ