मणि प्रसाद गैह्रे, कपिलवस्तु, १७ कार्तिक । अहिले किसानले लगाएको धान भित्राउने समय हो । तराईमा विशेषगरी कम्वाइन हाभे्रष्टरले धान काटेर खेतमा आगो लगाउँदा आगलागीको समस्या अएको छ ।
पछिल्लो समयमा कपिलवस्तुमा यस्ता धेरै समस्या उत्पन्न भएको छ । कम्वाइनले धान काट्दा आधा पराल खेतमा रहने र धान काटेपछि किसानले उक्त पराललाई आगो लगाइ जलाउँदा काट्न बाकीं धानमै आगो लागेर लाखौं रुपैयाँको नोक्सान भैसकेको छ ।
मायादेवी गाउँपालिकाको पिपरमा यस्तो आगलागी हुँदा ५ लाख बढीको नोक्सान भैसकेको छ । यस्तो घटना हुन लागेपछि आगो नलगाउन किसानहरुलाई जिल्ला प्रशासन कार्यालयले सूचना नै निकालेर आगो लगाइ पराल नजलाउन भनेको छ ।
तर पनि यो कार्य निरन्तर भएको छ । आगलागीबाट धनको मात्र नोक्सान नभइ खेतमा भएका मित्रजिवहरु जलेर नष्ट हुंदा उत्पादनमा समस्या आउने कृषि विज्ञ खुर्सेद अहमख खांले बताए ।
तपाईको प्रतिक्रिया