काम कारवाहीलाई युद्धस्तरमा अघि बढाउन

समाचार

11/26/2018

धनगढी, १० मंसिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्राालय र अन्तर्गतका निकायको काम कारवाहीलाई युद्धस्तरमा अघि बढाउन सम्बन्धित पदाधिकारीलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रालय र अन्तर्गतका निकायको बसेको बैठकमा पहिलो चौमासिक अवधिमा भएको कार्यप्रगति, देखिएका समस्या र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

बैठकमा दरबन्दीअनुसार कर्मचारीको व्यवस्थापन गर्न केन्द्रीय सरकारलाई अनुरोध गर्ने, मन्त्रालयले बनाउनुपर्ने आवश्यक कार्यविधि र नियमावली छिटो छरितो ढङ्गले तर्जुमा गर्ने लगायतका निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ