क्याथफेष्ट मेला सम्पन्न

समाचार

1/15/2019

काठमाडौं, ३० पुस । ललितपुरको बालकुमारीस्थित क्याथफोर्ड इन्टरनेशनल कलेज अफ इञ्जिनीयरिङ एण्ड म्यानेजमेन्टमा जारी दुईदिने क्याथफेष्ट मेला–२०१९ सम्पन्न भएको छ ।

नेपालका समस्याको समाधान नारा दिइएको मेलामा नेपाली समाजले देखेभोगेका समस्यालाई प्रविधिमार्पmत सम्बोधन गर्न प्रयास गरिएको थियो ।

प्रदर्शनीमा सफ्टवेयर र हार्डवेयर प्रदर्शनी, रोबोट प्रतिस्पर्धा, मल्टिमिडिया गेम प्रतिस्पर्धा, ड्रोन रेस, सिभिल मोडलिङलगायत विविध कार्यक्रम समावेश थिए ।

विद्यार्थीद्वारा नेतृत्व लिइएको उक्त कार्यक्रममा इञ्जिनीयरिङ, सूचना प्रविधि तथा व्यवस्थापन सङ्कायका १३ वटा कलेजका विद्यार्थीको सभागिता रहेको कलेजका प्राचार्य डा मधु सूदन कायस्थले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ