क्यान्सरभन्दा खतरनाक हो क्रिष्चन : पटेल

समाचार

2/24/2019

कलैया, ११ फागुन । हिन्दू युवा एवं विद्यार्थीहरुको नगर स्तरीय भेला कलैयामा सम्पन्न भएको छ ।

बारा जिल्लाको सदरमुकाम कलैयास्थित श्रीराम जानकी मन्दिर प्रांगणमा सम्पन्न भेलालाई सम्बोधन गर्दै हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले नेपालीहरूका लागि क्यान्सरभन्दा खतरनाक क्रिष्चनहरु रहेको बताएका छन् ।

नेपालमा हिन्दूहरुलाई जबरजस्ती क्रिष्चन बनाउँदा समेत सरकार चुप लागेर बस्नु आफैमा शंकास्पद रहेको बताउँदै कांग्रेस, कम्युनिस्ट, मधेशवादी दलमा समेत हिन्दू रास्ट्रका लागि आगो सुल्गीसकेको बताए ।

प्रमुख अतिथि समेत रहेका पटेलले अब हिन्दू रास्ट्रका निमित मधेश तताउने बेला आएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ