वीरगन्ज, १ चैत । श्री जैन श्वेताम्बर तेरापन्थी महिलामण्डलद्वारा क्यान्सर न्यूनीकरण सम्बन्धि चेतनामूलक कार्यक्रम गरिएको छ ।
वीरगन्जस्थित जैन धर्मशालाको सभाहलमा लायन्स क्लबकी रेखा बैद्यको अध्यक्षतामा प्राण घातक रोग क्यान्सरलाई न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम राखिएको थियो ।
श्री जैन श्वेताम्बर तेरापन्थी महिलामण्डलले आयोजना गरेको चेतनामूलक कार्यक्रममा क्यान्सर कति प्रकारका हुन्छन् भन्ने विषयमा डा.मोनिका यादवले महिलाहरुलाई विस्तृत रुपमा जानकारी दिएकी थिइन् ।
कम समयमा महिलाहरुलाई बिहे गरिदिँदा अधिकाँश त्यस्ता महिलाहरुलाई पाठेघरमा क्यान्सर हुने गर्दछ । र, क्यान्सर लागि सकेपछि सो रोगलाई न्यूनीकरण गर्नुका लागि एक दशकभन्दा बढी समय लाग्ने गर्दछ डा.यादवले बताइन् ।
जैन भवनको सभाहलमा भएको क्यान्सर न्यूनीकरण सम्बन्धि चेतनामूलक कार्यक्रममा मारवाडी समुदायका सयौँ महिलाहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया