वीरगन्ज, १३ माघ । नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघसंस्था तथा व्यवसायीहरुको छाता संगठन क्यान महासंघ पर्साद्धारा आयोजित क्यान ईन्फाटेक आईटि मेला २०२० चौथो दिनमा पनि जारी रहयो ।
गत माघ ९ गतेबाट प्रारम्भ भएको क्यान ईन्फोटेक २०२० को आईतबार करिब १५००० भन्दा बढीले अवलोकन गरेका छन् ।
सुचना प्रविधी क्षेत्रसँग सम्बन्धीत करिब ६० भन्दा स्टल राखिएको क्यान ईन्फोटेक २०२० विधार्थीहरुको अध्ययन स्थल पनि बन्दै गएको छ । “सुचना प्रविधीका बारेमा धेरै जान्न पाईयो ।
अब भविष्यमा रोबोटिक्स्मा लाग्ने ईच्छा छ । रोबोटिक्स्का बारेमा पनि धेरै जान्न पाईयो ।” मेलामा सहभागी मुनलाईट माविकी विधार्थी निक्की साहले भनिन् ।
आईतबारको क्यान ईन्फोटेक २०२० मा सांस्कृतिक प्रस्तुती, आईटि कन्फ्रेन्स्, मोटिभेस्नल सेमिनार लगायत पनि समेटिएका थिए ।
चौथो दिनको क्यान ईन्फोटेकमा वीरगञ्ज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्य, पिरामिड कलेजका निर्देशक विजय यादव, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाई, सिटिजन्स् बैंक ईन्टरनेश्नल प्रदेश २ का प्रमुख दिवश सिंह ठकुरी, उत्प्रेरक डा. नारायण प्रसाद आचार्य लगायतकाको विशेष उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया