बुटवल, ५ फागुन । कम्प्युटर एशोसीयशन महासंघ (क्यान) रुपन्देहीको आयोजनामा बुटवलमा जारी स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रदर्शनीमा आइतबार प्रदेश नम्बर ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले अवलोकन गरेका छन् ।
प्रदर्शनीको तेस्रो दिन मन्त्री लिला गिरीसँगै प्रदेश सभा सदस्य दधिराम न्यौपाने(माधव शर्माले) समेत अवलोकन गरेका हुन् । क्यान ईन्फोटेक अवलोनक पश्चात मन्त्री गीरीले स्थायी प्रकृतिको प्रदर्शनी स्थलको आवश्यकता महसुस गरिएको बताए ।
उनले सोहीअनुसार प्रदेश सरकारले नै अहिले बुटवल मण्डपमा स्थायी प्रकृतिको प्रदर्शनीस्थल बनाउने कार्य समेत अगाडी बढाएको बताए । सूचना तथा प्रविधि सम्बन्धी प्रदर्शनीका लागि अझ बढी स्थायी प्रकृतिको प्रदर्शनीस्थल आवश्यक रहेको उनले बताएका हुन् ।
सबै स्टलहरुको अवलोकन गरेका मन्त्री गिरीले दांग जिल्लाका विद्यार्थीहरुले लाईफाई टेक्नोलोजीको विषयमा विशेष चासो व्यक्त गरे । अहिलेको वाईफाई भन्दा १०० गुण बढि क्षमता भएको लाईफाई लाई विस्तार गर्नको लागि प्रदेश सरकारले पहल गर्ने समेत बताएका थिए ।
उनले नयाँ नयाँ प्रविधिको सुरुवात भएसंगै विकास भएका प्रविधिलाई आत्मसाथ गर्दै आगाडी बढ्नुपर्ने समेत बताए ।
क्यान ईन्फोटेकको तेस्रो दिन भएको एक्पर्ट अन्तर विद्यालय लोक नृत्य प्रतियोगीत सम्पन्न भएको छ । सामुदायिक र संस्थागत विद्यालयहरुको उल्लेखनिय सहभागीता रहेको प्रतिपष्र्धाबाट प्यारामाउन्ट ईंगलीस बोर्डींग स्कुल प्रथम भएको छ ।
यस्तै द्धितियमा तिनाउ ईंलीस बोर्डींग स्कुल भएको छ । यस्तै तृतिय स्थानमा स्कलर्स होम बोर्डींग स्कुल भएको छ, यस्तै सान्तव्ना स्थानमा न्यु होराईजन ईंगलिस बोर्डींग स्कुलले हात पारेको छ ।
अतिरिक्त क्रियाकलपा संयोजक संयोजक माधव अर्यालका अनुसार विजयी विद्यार्थीहरु लाई नगद सहित आर्कषक पुरस्कार प्रदान गरिएको थियो ।
संयोजक अर्यालका अनुसार प्रथम १० हजार, दोस्रो ७ हजार, तेस्रो टिमले ५ हजार र सान्तव्ना टिम लाई ३ हजार नगद सहित, प्रमाणपत्र र आर्कषक पुरस्कार प्रदान गरिने छ । जुन क्यान ईन्फोटेक समापनको दिन फगुन ७ गते वितरण गरिने छ ।
क्यान ईन्फोटेकको चौथो दिन अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगीता हुने छ । भने सोही दिन नै पब्लिक स्पीगर सिजन २ का विजेता रमेश प्रशाई को विशेष प्रस्तुती रहने छ ।
यस्तै गायिका विद्या तिवारी, तेजेन्द्र गन्र्धव, शुसिल आचार्य लगायतको विशेष प्रस्तुती रहने क्यान रुपन्देहीका सह सचिव तथा प्रसार प्रसार संयोजक सुरेश चन्द्र भटट्राईले जानकारी दिए ।
इन्फोटेकमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसेसरिज, डिलर र डिस्ट्रिब्यूर्टस, टेलिकम्युनिकेसन, आइएसपी, सफ्टवेयर सोलुसन्स का साथै नेपाली वैज्ञानिक तथा विद्यार्थीहरुले निर्माण गरेका नयाँ प्रविधि लगायतका एक सय बढी स्टल रहेका छन् ।
ईन्फोटेकमा हरेक दिन टिकट काटेर प्रवेश गर्ने दर्शकको लागि एस.टी ग्रुपको तर्फबाट लक्की ड्रबाट एउटा ओटो मोवाईल प्रदान गर्दैै आएको छ । यस्तै माईक्रोटेक कम्प्युटर ले हरेक दिन एक जना दर्शकलाई के ७ टोटल सेकुरेटी उपलब्ध गराउदै आएको छ ।
सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल(क्यान) महासंघको शाखा रुपन्देहीले आठौं क्यान इन्फोटेक २०१९ बुटवलमा आयोजना गरेको हो
कम्प्युटर एशोसिएसन नेपाल महासंघ रुपन्देही शाखाले सन् २००२ देखी नै सुूचना प्रविधि सम्बन्धि जानकारी सर्वसाधारण सम्म पु¥याउने र लुम्बिनीलाई सूचना प्रविधि ग्रामको रुपमा विकास गर्ने लक्ष्य अनुरुप सन् २००२, २००५, २००७, २००९, २०११, २०१७ र २०१८ मा सूचना प्रविधि सम्बन्धि मेला क्यान इन्फोटेक सम्पन्न गरी सकेको छ यो आठौं संस्करण हो ।
फागुन ७ गतेसम्म बुटवल मण्डपमा जारी रहने इन्फोटेक अवलोकनका लागि सरकारी विद्यालयहरुबाट अग्रिम रुपमा लिखित अनुरोध सहितको नामावलीका आधारमा सम्बन्धित विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क रु ५० विद्यार्थीहरुलाई रु २० तोकिएको छ ।
तपाईको प्रतिक्रिया