क्यान मेलाको दोस्रो दिन दर्शकको उपस्थिति उत्साहजनक

समाचार

2/17/2019

बुटवल, ४ फागुन । कम्प्युटर एशोसियसन नेपाल महासंघ(क्यान) रुपन्देहीको आयोजानमा स्टार्टअप वाईटेक क्यान ईन्फोटेक सूचना प्रविधिसम्बन्धी प्रर्दशनी बुटवलमा जारी छ ।

शुक्रबारबाट सुरु भएको क्यान मेलाको शनिवार उल्लेखनिय मात्रामा दर्शहरुले अवलोकन गरेका छन् । शनिवार विदाको दिन भएको कारणले पनि दर्शकहरुले उल्लेखनिय मात्रामा मेलाको अवलोन गरेका आयोजकले जनाएका छन् ।

शनिवार प्रदेश नम्बर ५ का सभामुखि पुर्ण बहादुर घर्ती मगरले क्यान ईन्फोटेको अवलोकन गरेका छन् ।

मेला स्थलमा पुगेर उनले सम्पूर्ण स्टलहरुको अवलोकन गर्नुको साथै विज्ञान प्रविधिका नयाँ कुरामा विशेष चासो देखाएका थिए ।

ईन्फोटेमा शनिवार टोल बिकास सस्था का अध्यक्ष हरुलाई “समाज सेवा मा सुचना प्रबिधि को प्रयोग “ प्रयोग र “ विद्युतीय सक्षरता’ बिषयमा अभीमुखिकरण तालिम समेत प्रदान गरिएको छ ।

शनिवारको दिन सास्कृतीक कार्यक्रमले समेत दर्शकको मन जित्न सफल भएको थियो । क्यान महासंघ रुपन्देहीका सह सचिव सुरेश चन्द्र भट्राईका अनुसार नेपाल आईडलका उत्कृष्ठ प्रतिपष्र्धी कलाकार प्रताप दास, लोक दोहोरी गायिका शिलु भट्राई लगायतले विशेष प्रस्तुती देखाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ