काठमाडौं, ६ जेठ । भारतीय दूतावासको सहयोगमा उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित श्री नारद आदर्श शिक्षा क्याम्पसको उद्घाटन भएको छ ।
उदयपुरका सांसद तथा पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्काले उदघाटन गरेको उक्त क्याम्पस भवन ३ करोड दुई लाख रूपैयाँ भारतीय सहयोगमा बनेको हो ।
उदघाटन समारोहमा भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमारको पनि उपस्थिति थियो । सन् १९७१ मा माध्यमिक विद्यालयको रुपमा स्थापना भएको श्री नारद आदर्श शिक्षा क्याम्पस सन् २००३ मा क्याम्पसको रुपमा स्तरोन्नती भएको हो ।
तपाईको प्रतिक्रिया