जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

2/19/2019

धनुषा, ६ फागुन । जनकपुर उपमहानगरपालिका–१२ रामस्वरुप टोल वस्ने १० वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा सोही उपमहानगरपालिका–४ वस्ने भारत बेतिया जमुनियाका ५० वर्षीय संजय ठाकुरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घर पुर्यासई दिन्छु भनि सोही स्थानमा रहेको रामसागर बहुमुखी क्याम्पस अगाडिको खाली जग्गामा लगी जबरजस्ती करणी गर्न खोजेको भन्ने स्थानीय मार्फत जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी हनुमाननगर, धनुषाबाट खटिएको प्रहरी टोलीले ठाकुरलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ