रुपन्देही, २२ पुस । नेपाली कराते टोली मंगलबार भारत प्रस्थान गरेको छ । बिहीबारदेखि हुन लागेको नवौं अन्तर्राष्ट्रिय कराते च्याम्पियनसीप २०२० तथा अन्तर्राष्ट्रिय स्पोर्ट्स एक्सलेन्स अवार्ड २०२० मा सहभागी हुन नेपाली कराते टोली भारत प्रस्थान गरेको हो ।
करातेका मुख्य प्रशिक्षक के.बि रानाको नेतृत्वमा २० खेलाडी र ७ अफीयिसल गरी २७ जनाको टोली भारततर्फ लागेको हो ।
कोलकत्तास्थित रबिन्द्र भवनमा पुस २६ गते शनिबारसम्म सो प्रतियोगिता चल्नेछ । टोलीलाई नेपाल–भारतको दशगजा क्षेत्र बेलहियामा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेलको टोलीले विदाई गरेको हो ।
तपाईको प्रतिक्रिया