कपिलवस्तु, २४ माघ । कर तिर्न भन्दै आफ्नो व्यबसाय नै बन्द गरी कृष्णनगर धाउनु पर्ने बाध्यतामा रहेका व्यवसायीलाई राहत मिल्ने भएको छ ।
उद्योगी व्यवसायीहरुको सेवालाई मध्यनजर गरी फागुन मसान्तभित्र अनिवार्य रुपमा लागू हुने गरी मन्त्रालयले करदाता सेवा कार्यालय खोल्न लागेको छ ।
आन्तरिक राजस्व कार्यालय कृष्णनगरको करदाता सेवा कार्यालय तौलिहवा र सन्धिखर्कामा विस्तार हुने भएपछि व्यवसायीलाई राहत मिल्ने भएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार ग्राहकको सेवालाई मध्यनजर गर्दै सो स्थानमा करदाता सेवा कार्यालय स्थापना तथा स्तरोन्नति गर्ने निर्णय भएको आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख पुर्ण प्रसाद न्यौपानेले बताए ।
कार्यालयमा बैंक काउण्टर संचालन गरेर कर बुझाउन आउने करदातालाई सहज भएको बनाएको र कार्यालयमा विचौलियाको अन्त्य भएको स्पष्ट पारे । १ जना कर अधिकृतको मातहतमा करदाता सेवा कार्यालयको जिम्मेवारीमा स्थापना हुन लागेको हो ।
तपाईको प्रतिक्रिया