दाङ, १ मंसिर । घोराही उपमहानगरपालिका–४ गोग्लीमा घर निर्माणको काम गर्ने क्रममा चिसो काठले बिजुलीको नाङ्गो तारमा छुन गई शनिबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका कैलाली सुक्कड नगरपालिका–१ बसन्ता बस्ने २६ वर्षीय शंकर चौधरीको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै करेन्ट लागेर घाइते भएका अन्य २ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया