करेन्ट लागेर एकको मृत्यु

समाचार

5/4/2019

रुपन्देही, २० बैशाख । ओमसितिया–२ पडसरीस्थित रत्ना आईरन फ्याक्ट्रीमा काम गर्ने सिद्धार्थनगर नगरपालिका–१ बस्ने ५५ वर्षीय जगदिश धवलको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको मेडीकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ