कैलाली, २१ चैत । धनगढी उपमहानगरपालिका–३ मिलनचोक बस्ने पर्शुराम बानियाको ५ वर्षीय छोरा आयुस बानिया र सोही घरमा डेरा गरी बस्ने कैलारी गाउँपालिका कोईलीतालघर भएका छक्क चौधरीको ५ वर्षीया छोरी अनमिकाचौधरीको करेन्ट लागेर बुधबार दिउसो मृत्यु भएको छ ।
धारामा नुहाउने क्रममा धारामा जोडेको मोटरबाट करेन्ट लागेर घाइते भएका दुवैजानमध्ये बानियाको माया मेट्रो अस्पताल चटकपुरमा र चौधरीको सेती अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया