करेन्ट लागेर यादवको मृत्यु

समाचार

4/20/2019

सप्तरी, ६ बैशाख । हनुमाननगर कंकालिनी नगरपालिका–११ ईनरुवा बस्ने ६० वर्षीय बिश्वनाथ यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

आफनै घरको विद्युतको मिटरमा तार जोड्ने क्रममा करेन्ट लाग्दा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि सगरमाथा अञ्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ