करेन्ट लागेर युवकको मृत्यु

समाचार

4/18/2019

नवलपरासी (पश्चिम), ४ बैशाख । सुनवल नगरपालिका–३ स्थित रहेको सर्वोत्तमसिमेन्ट फ्याक्ट्रीमाकाम गर्ने बाराका करिब १९ वर्षीय चन्दन यादवको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

फ्याक्ट्रीमा मोटरबाट पानी तानी मुख धुने क्रममा करेन्ट लागेर घाइते भएका चन्दनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ