मोरङ, १८ फागुन । कानेपोखरी गाउँपालिका–७ बरगाछा बस्ने राजन तिम्सिनाको घरको पिलरमा रड ठड्याउने क्रममा ११ हजार भोल्टको तारमा रड छुन गई करेन्ट लाग्दा ज्यामी काम गर्ने सोही गाउँपालिका–७ बस्ने ३५ वर्षीय सागर तोलाङगीको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएका तोलाङगीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएका ज्यामी काम गर्ने बेलबारी नगरपालिका(७ डाँगीहाट बस्ने २० वर्षीय नबिन खवासको सोही अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया