काठमाडौं, १८ माघ । प्राणघातक कोरोना भाइरसको संक्रमणका कारण चीनको अर्थतन्त्रमा असर परेको छ । यसले अहिले नै कमजोर रहेको चीनको आर्थिक पुनरुत्थानलाई ठूलो धक्का दिने संकेत देखाएको छ ।
मध्यचीनको वुहान सहरबाट भाइरस फैलिइरहँदा अधिकारीहरुले विगतमा चिनियाँ अर्थतन्त्रलाई धक्का दिएको सार्स जस्तै प्रकृतिको यसको संक्रमण रोक्न आक्रामक उपाय अवलम्बन गरेका छन् । जसमा सार्वजनिक यातायातमा नियन्त्रण, मनोरञ्जन स्थलहरु बन्दगर्ने, कार्यालय समय घटाउने लगायत छन् ।
अमेरिकासँग पहिलो चरणको व्यापारिक सम्झौतामा हस्ताक्षर गरी सन् २०२० को आर्थिक वृद्धिलाई स्थिर बनाउने प्रयास चीनले गरिरहेको बेला सुरुमा वुहान र हुबेई प्रान्तका अधिकारीहरुको गल्तीसमेतका कारण कोरोनाभाइरस तीव्र गतिमा फैलन थाल्यो ।
महाशक्ति अमेरिकासँगको व्यापार युद्धका कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनको सन् २०१९ को आर्थिक वृद्धिदर २९ वर्षकै सबैभन्दा कमजोर छ ।
तर अझसम्म संक्रमणका घटना नभएका इलाकामा प्रतिबन्ध लगायत सरकारी नियन्त्रणको अवस्था हेर्दा अर्थतन्त्रमा कोरोना भाइरसको असर सन् २००२–२००३ फैलिएको सार्सको भन्दा गहिरो र फराकिलो हुने आँकलन गर्न थालिएको छ ।
अमेरिकासँग पहिलो चरणको व्यापारिक सम्झौतामा हस्ताक्षर गरी सन् २०२० को आर्थिक वृद्धिलाई स्थिर बनाउने प्रयास चीनले गरिरहेको बेला फैलिएको कोरोना संक्रमण्मको मूल्य निकै मंहगो हुने देखिएको छ ।
तपाईको प्रतिक्रिया