कोरोना भाइरसले चिनियाँ पर्यटकमा ह्रास

समाचार

2/5/2020

काठमाडौं, २२ माघ । चीनबाट फैलिएको नोबल कोरोना भाइरसका कारण नेपाल आउने चिनियाँ पर्यटक प्रभावित हुन थालेका छन् । होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष २०२० ले राजधानीमा पत्रकार सम्मेलन गरेर चीनबाट आउने पर्यटक घट्न थालेको जानकारी दिएको छ ।

चीन र त्यहाँका ट्राभल कम्पनीले निर्धारित अन्तर्राष्ट्रिय टुर प्याकेज सञ्चालन गर्न सक्ने अवस्था नभएका कारण पर्यटक घटेको हानको भनाइ छ । चीनबाट आउने पर्यटक जनवरी महिनामा कम हुन थालेकाले अब व्यवसायीले नयाँ गन्तव्यको खोजी गर्नुपर्ने अवस्था आएको पनि उल्लेख छ ।

नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमै प्रमुख पर्यटकीय गन्तव्यबाट पर्यटक आगमनमा कम हुन थालेको र कोरोना भइरसले थप पर्यटक आगमनमा कमी आउने अवस्था देखिएको छ ।

जसका कारण भ्रमण वर्षको लक्ष्यप्रति चुनौती थपिएको पनि हानको भनाइ छ । कोरोना भाइरसले संसारभरी नै अप्ठ्यारो अवस्था उत्पन्न गरेको छ । यो अवस्थामा नेपालका पर्यटन व्यवसायी पनि विचलित नभई सतर्कतापूर्व पर्यटकीय सेवामा लाग्नुपर्ने अवस्था भने रहेको हानले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ