कोरोना भाइरस भित्रिन नदिन सीमा क्षेत्रमा सक्रियता

समाचार

2/2/2020

नेपालगन्ज, १९ माघ । चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न नेपाल र भारतको सीमा क्षेत्रमा विशेष सक्रियता देखिएको छ ।

विश्व स्वास्थ्य समस्याका रुपमा देखिएको कोरोना भाइरस भित्रिन नदिनका लागि सीमा क्षेत्रमा आवश्यक सक्रियता देखाउन लागिएको भन्दै भारतीय पक्षले नेपाली पक्षसँग सहयोग आग्रह गरेको छ ।

नेपालको तर्फबाट बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी, जनपथ प्रहरी, सशस्त्र प्रहरीका प्रमुखलगायत विभिन्न सरकारी निकायका प्रमुखको सहभागिता रहेको थियो ।

यसैगरि भारतीय पक्षबाट बहराइच, श्रावस्ती, सिद्धार्थनगर, बलरामपुरका जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

भारतीय टोली नेता शम्भुकुमारले कोरोना भाइरस भित्रिन नदिनका लागि सीमावर्ती गाउँमा प्रचारात्मक अभियान सञ्चालन भइरहेको जानकारी दिँदै नेपालले पनि सचेतना अपनाउनपर्ने सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ