हुण्डी कारोबारी पक्राउ

समाचार

10/21/2019

विराटनगर, ४ कार्तिक । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा विराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ बस्ने ४९ वर्षीय बिनोद प्रसाद साह रहेका छन् ।

विराटनगर महानगरपालिका(७ स्थितमा अबैध हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा आइतबार साँझ साहलाई नगद ७ लाख १८ हजार ८ सय ६० रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका साहमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ