काठमाडौं, २१ फागुन । नेपाल सरकार अर्थ मन्त्रालयका २२ कर्मचारीको तेश्रो टोलीले ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’ मा सञ्चालन भइरहेको ‘ग्लोबल पर्सपेक्टिभ्स अन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट’ विषयको तालिम सोमबारदेखि सुरु गरेको छ ।
उक्त तालिम भारत सरकार विदेश मन्त्रालयको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको छ ।
कूल ६२ कर्मचारीहरुलाई प्रदान गरिने यस विशेष तालिम नेपालको अर्थ मन्त्रालयको अनुरोध तथा आवश्यकता अनुरुप तयार पारिएको हो ।
यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीहरुको क्षमता अभिवृद्धि गर्नेछ ।
यस अघि ४० नेपाली कर्मचारीहरुले (दुई टोलीका २०–२०) आफ्नो १० दिने तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए ।
आइएनजीएएफ भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाई सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो ।
अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था आन्तरिक लेखा परीक्षकों (आईएए) फ्लोरिडा, अटलांटा स्कूल ओफ पब्लिक पा‘लिसी, ड्यूक विश्वविद्यालय, प्रबंधन विकास संस्थान (एमडीआई) गुरुगांव, भारतीय प्रबंधन संस्थान, बेंगलुरु आदि जस्ता प्रमुख संस्थाहरुसँग आबद्ध छ ।
आइएनजीएएफ संसारभरका विकासशील मित्र राष्ट्रका कर्मचारीहरुललाई आइटीइसी कार्यक्रम अन्तर्गत व्यवसायिक तालिम प्रदान गर्ने एक साझेदार संस्था हो ।
तपाईको प्रतिक्रिया