अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाचार

5/22/2019

राकेश यादव, रौतहट, ८ बुधबार । कुष्ठरोगको अभियान सम्बन्धी संचारकर्मी बीचको एकदिवसीय अन्तक्र्रिया कार्यक्रम ईशनाथ नगरपालिका स्वास्थ्य शाखा औरैयाको आयोजनामा मंगलवार स्थानीय वडा नम्बर ९ परोहा डुमरियामा सम्पन्न भएको छ ।

कुष्ठरोग निवारण गर्ने उद्देश्यले नेपाल सरकारले सञ्चालन गरेको अभियान सफल बनाउने विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोगजा गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख संतोष मेहताले नगरपालिकाको सबै वडामा निगरानीका साथ रोगी खोज्ने कार्य गर्न निर्देशन दिएका छन् ।

कुष्ठरोग किटाणुबाट लाग्ने सरुवा रोग भएकोले खोजी कार्यमा लापरवाही क्षम्य नहुने समेत चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ