प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

समाचार

6/6/2019

विराटनगर, २३ जेठ । प्रदेश १ सरकारले आज दिउँसो तीन बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।

प्रदेश सरकारले दोस्रोपटक ल्याउन लागेको नीति तथा कार्यक्रममा यसअघिकै योजनाहरुलाई निरन्तरता दिएको छ । प्रदेश १ सरकारले कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा समेट्दै नीति तथा कार्यक्रम सार्वजनिकको तयारी गरेको छ ।

कृषिको यान्त्रिकीकरण, किसान अनुदान, पशु बीमालगायतका कार्यक्रम समेटेर प्रदेश सरकारले बिहीबार आगामी आर्थिक वर्ष ०७६र७७ को नीति तथा कार्यक्रममा ल्याउन लागेको हो ।

नीति तथा कार्यक्रममार्फत प्रदेश सरकारले धरान–मूलघाटलगायत क्षेत्रमा सुरुङमार्गको अध्ययन गर्ने घोषणा पनि पनि गर्ने कार्यक्रम रहेको छ भने सुनसरीको धरान र धनकुटाको मूलघाट तथा अन्यत्र पनि सुरुङमार्ग निर्माणका लागि अध्ययन गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ