जनकपुरधाम, १ फागुन । प्रदेशको स्वास्थ्य नीति बनाउन सरकारले गठन गरेको कार्यदलले आफ्नो मस्यौदा सरकारलाई बुझाएको छ ।
सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कार्यदलका संयोजक डा राम केवल साहले सामाजिक विकासमन्त्री नवल किशोर साहलाई स्वास्थ्य नीतिको मस्यौदा बुझाएका हुन् । लगत्तै मन्त्री साहले मस्यौदा मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरे ।
मस्यौदामा प्रदेश २ को स्वास्थ्य क्षेत्रमा देखिएको समस्या, सुधारका लागि अपनाउनु पर्ने उपाय तथा स्वास्थ्य क्षेत्रको पुनः संरचनालगायतका विषय समेटिएको कार्यदलका संयोजक साहले जानकारी दिए ।
यस्तै मुख्यमन्त्री राउतले कार्यदलले तयार पारेको मस्यौदाले प्रदेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन प्रदेश सरकारलाई मार्गदर्शक हुने विश्वास व्यक्त गरे ।
सरकारी नीतिकै कारण स्वास्थ्य क्षेत्र सोचे अनुरुपको सफलता पाउन नसकेको समेत बताए ।
तपाईको प्रतिक्रिया