काठमाडौं, २३ माघ । भारतका तीन विश्वविद्यालयका प्रतिनिधिले नेपालका विभिन्न कलेजमा विद्यार्थी र अभिभावकलाई ‘करियर गाइडेन्स सेसन’ परामर्श सञ्चालन गरेका छन् ।
नेपालका ‘ग्यासियर इन्टरनेशनल’, ‘ट्रिटन’, ‘साइपाल’, ‘लालीगुराँस नेशनल’, ‘जुब्लियन्ट’, बूढानीलकण्ठलगायत कलेजमा परामर्श चलिरहेको आयोजक ‘अनट्र्याक कन्सल्टेन्सी’ र ‘ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्स’ले जनाएको छ ।
सेसनका लागि भारतको अनसल विश्वविद्यालयका उपकुलपति डा राज सिंह, एस आरएम विश्वविद्यालयका प्राध्यापक विनित बजाज, बिएमएल मुन्जाल विश्वविद्यालयका सहप्राध्यापक विनायक कल्लुरीलगायत अनसल विश्वविद्यालयका प्रतिनिधि काठमाडौँ आएका छन् ।
तपाईको प्रतिक्रिया