काठमाडौं, ७ माघ । मकवानपुरको दामनस्थित रिसोर्टको कोठामा निसास्सिएर मृत्यु भएका आफ्ना नागरिकका परिवारलाई सहयोगका लागि भारतको केरल राज्यका मुख्यमन्त्रीले केन्द्र सरकारसँग आग्रह गरेका छन् ।
उनले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखेर नेपालमा मृत्यु भएका आफ्ना नागरिकका परिवारका लागि सहयोग प्रदान गरिदिन आग्रह गरेका हुन् ।
भारतीय अनलाइन टाइम्स अफ इन्डियका अनुसार मृतक सबै ८ नागरिकको शव काठमाडौं हुँदै भारत पठाइने छ ।
तपाईको प्रतिक्रिया