काठमाडौं, २२ बैशाख । आइतबार प्रज्ञा भवनमा भएको कार्ल मार्क्सको २ सय १ औँ जन्मजयन्ती कार्यक्रममा भएको खर्च साँझ नै सार्वजनिक गरिएको छ ।
कार्यक्रम संयोजक डा. विजयकुमार पौडेलले साँझ विज्ञप्तिमार्फत कार्यक्रम भव्य रुपमा सम्पन्न भएकामा सबै सहयोगीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
पौडेलले कार्यक्रमका लागि प्राप्त भएको सहयोग र खर्च विवरण पनि सार्वजनिक गर्दै कुनै पनि कार्यक्रमपछि सम्बन्धित कार्यस्थलमै आय–व्यय सार्वजनिक गर्ने (स्पट अडिट) अंगीकार गरिएको बताएका छन् ।
‘जिम्मा पाएका हरेक क्षेत्रमा स्पट अडिटलाई कडाइपूर्वक लागू गर्दै आएको छु,’ संयोजक पौडेलले भने, ‘समय अभावका कारण नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा कार्यक्रम चलिरहेकै बेला हिसाब–किताब सार्वजनिक गर्न सकिएन, यसैलाई ‘स्पट अडिट’ मानिदिनुहुन अनुरोध छ ।’
तपाईको प्रतिक्रिया