कारले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

4/12/2019

मोरङ, २८ चैत । सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकस्थित सडकमा बा.३ च ७९६२ नम्बरको कारले को.१५ प ९९७८ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सुनसरी ईटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय हेम चौधरीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ईटहरी उपमहानगरपालिका–८ बस्ने२२ वर्षीय प्रकाश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ