कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

7/5/2019

रुपन्देही, १९ असार । बुटवल उपमहानगरपालिका २ पाखापानीस्थित सडकमा लु.१च १५८८ नम्बरको कार र लु.३६प४३१४ नम्बरको स्कुटर बिहिबार बिहान एकआपसमा ठोक्किएको छ ।

सो दुर्घटनामा घाइते भएका स्कुटर चालक सैनामैना नगरपालिका ४ शान्तिटोल बस्ने २८ वर्षीय अजिल सलामी थापाको भैरहवा कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ