कपिलवस्तु, २० बैशाख । शिवराज नगरपालिका–१ मामा खोलास्थित पूर्वपश्चिम राजमार्गमा बा.१४ च ८४४५ नम्बरको कार सडकबाट करिब ३ सय मिटर तल खस्दा चालकको मृत्यु भएको छ ।
दाङ घोराई नगरपालिका–१५ बस्ने ४२ वर्षीय तिर्थ आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया