कोलकातामा नेपाली जलरंग

समाचार

6/25/2019

काठमाडौं, १० असार । नेपाली जलरंगकर्मीको प्रतिनिधित्व गर्दै सात जना कलाकारको अन्तर्राष्ट्रिय कला कार्यशालामा सहभागिता जनाएका छन् ।

भारतको कोलकाता, ताजपुरमा सम्पन्न इन्टरनेसनल वाटरकलर कार्यशालामा आफ्ना सृजना प्रस्तुत गरेर चित्रकार केशवराज खनाल, कृष्णगोपाल श्रेष्ठ, रविन्द्र मानन्धर, मनोज तामाङ, गोपाल दराई, रसिक राई र छवाङ लामा काठमाडौँ फर्केका छन् ।

तीनदिने कार्यशालामा नेपाली चित्रकार दराईले बेस्ट फाइभको अवार्ड जिते भने कृष्णगोपालले स्पेसल अवार्ड हातपारे । कार्यशालाको अवधिमा ख्यातिप्राप्त कलाकारहरुले ‘डेमोस्ट्रेसन’पनि दिएका थिए ।

नेपालका केशवराज खनाल, भारतका नविनकुमार झारखण्ड, मोमिता घोष र बंगलादेशका कौशर हुशैनले सहभागिहरु माझ आ—आफ्ना शैली प्रस्तुत गरेका थिए ।

नेपाललगायतका भारत र बंगलादेशका ७० जना जलरंगकर्मीहरुको सहभागिता रहेको कार्यशालामा जलरंगमार्फत नेपाली विषयवस्तु प्रवद्र्धन भएको चित्रकार मनोज तामाङले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ