कोलकतामा पर्यटन प्रवद्र्धन गरिने

समाचार

2/13/2020

काठमाडौं, १ फागुन । पश्चिमाञ्चल होटल सङ्घ पोखराले बङ्गलादेश र कोलकातामा पर्यटन प्रवद्र्धन गर्ने भएको छ ।

पश्चिमाञ्चल होटल सङ्घको ३९औं साधारण सभामा सङ्घका महासचिव गणेशराज पहारीले भावी कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन ।

योजना अनुसार गण्डकी प्रदेश र सिङ्गो नेपाललाई बङ्गलादेश र कोलकातामा प्रवद्र्धन गर्ने कार्यक्रम अगाडि सारिएको छ ।

सङ्घले झन्डै १८ वर्षदखि आन्तरिक बजारमा जाउँ है पोखरा र सन् २०१२ देखि भारतीय बजारमा चलिए पोखरा अभियान पनि सञ्चालन गर्दै आएको छ । तेस्रो मुलुकमा समेत सङ्घले यस्ता प्रवद्र्धन अभियान सञ्चालन गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ