कोलकाता बन्दरगाहमा इसिटिएस शुभारम्भ

समाचार

2/18/2019

काठमाडौं, ६ फागुन । नेपाली आयातकर्ताले तेस्रो मुलुकसँगको व्यापारमा उपयोग गर्दै आएको भारतको कोलकाता बन्दरगाहबाट रेलमार्फत हुने कन्टेनर ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसिटिएस)को शुभारम्भ भएको छ ।

कोलकातास्थित भारतीय भन्सार कार्यालयको आयोजनामा राखिएको ‘इसिटिएस’को भारतका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल र भारतीय अधिकारीले उद्घाटन गरेका थिए ।

उनीहरुले ‘इसिटिएस’ जडित कन्टेनर लिएर कोलकाताबाट रक्सोल हुँदै वीरगन्ज सुक्खा बन्दरगाह आउन लागेको मालवाहक रेललाई हरियो झण्डा देखाएर बिदा गरेका थिए । यो प्रणाली लागू हुनासाथ नेपालका लागि हुने कन्टेनर ढुवानीमा भन्सार प्रक्रिया हटेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ