रुपन्देही, २१ फागुन । राज्यले कलाकारिता क्षेत्रलाइ उचित सम्मान गर्न नसकेको कलाकारहरुले गुनासो गरेका छन् ।
बुटवलमा पांचौ अर्ना रनिङ्ग शिल्ड दोहोरी गीत प्रतियोगिता तथा सांस्कृतिक महोत्सवको सन्दर्भमा रिपोर्टर्स क्लव प्रदेश ५ मा आयोजित साक्षात्कारमा बोल्दै उनीहरुले नेपालका राज्य संचालकहरुले कलाकारिता क्षेत्रको बिकास र संरक्षणका लागि आश्वासन बाहेक कलाकारलाइ कुनै प्रकारको सम्मान र स्थान नदिएको गुनासो गरेका हुन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष बद्री पंगेनीले नेपालको कलाकारहरु चर्चामा आउन की त कि मर्न पर्ने की बिबादमा पर्नै पर्ने ? भन्दै प्रश्न गरेका छन् ।
नेपालमा अहिले मिडियाहरु धेरै खुलेका छन् तर कलाकारको चर्चा गर्न,लेख्न कन्जुस्याङ भएको भन्दै दुखेसो सुनाए ।
‘कलाकारका लागि पत्रकार घर छाउने खर जस्तै हो ,पहिले कम मिडिया थिए, अहिले धेरै छन् तर पहिलेको तुलनामा कलाकारको चर्चा र महत्व कम भयो ,हाम्रो बेवास्था भयो की ? उनले भने ।
तपाईको प्रतिक्रिया