क्लोथ बैंकको राहत टोली हावाहुरी प्रभावित क्षेत्रमा

समाचार

4/1/2019

जनकपुरधाम, १८ चैत । आइतबार वर्षासँगै आएको हावाहुरीबा अति प्रभावित बारा र पर्सा जिल्लामा क्लोथ बैंक धनुषाको राहत टोली पुगेको छ ।

सामाजिक कार्यमा सक्रिय रहेको क्लोथ बैंक धनुषाले पीडितहरुका लागि राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको हो ।

क्लोथ बैंकका अध्यक्ष तथा राजपा नेपालका महासचिव राजीव झाको नेतृत्वमा जनकपुरधाम अञ्चल अस्पताल, जानकी मेडिकल कलेज, मिथिला आयुर्वेद कलेजका विशेषज्ञ डाक्टर, पारामेडिक्स, क्लोथ बैंक धनुषाका पदाधिकारी, मिथिला स्वास्थय सहकारी संस्थाको एम्बुलेन्स सहित केही कपडा तथा औषधि लिएर प्रभावित क्षेत्रमा प्रस्थान गरेको हो ।

सो टेलिमा डा. राजेश चन्द्र दास, डा अजय मिश्रा, डा मनोज गुप्ता, डा रंजीत केशरी, उज्ज्वल झा, दिपक चौधरी, सुदिप महतो, पत्रकार प्रमोद साह, लालु साह, राम चन्द्र मंडल र बलराम मंडललगायत सहभागी रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ