क्लोथ बैंकद्वारा दलित बालिकाहरुलाई नयाँ कपडा वितरण

समाचार

2/21/2019

धनुषा, ८ फागुन । क्लोथ बैंक धनुषाले नगराइन नगरपालिका वडा नम्बर–७ का दलित बालिकाहरुलाई नयाँ कपडा वितरण गरेको छ ।

क्लोथ बैंकले बुधबार देबडिहामा १० वर्षमुनिका ४५ जना महरा थरका बालिकाहरुलाई नयाँ कपडा वितरण गरिएको हो ।

क्लोथ बैंक धनुषाले प्रहरी उपरीक्षक शेखर खनाल, प्रहरी निरीक्षक अशोक झा, राजपा नेपालका स्थानीय नेता नबल किशोर झा, नेपाली कांग्रेसका स्थानीय नेता देबचन्द्र मिश्रा, युवा अभियानी दिपक मिश्रा, सफाइ अभियानी रुबि झा, स्थानीय बिरान महरा, देबडिहा थाना प्रमुख, पत्रकार प्रमोद साह, राजा झासहितको उपस्तिथिमा ४५ थान नयाँ कपडा वितरण गरिएको क्लोथ बैंकका अध्यक्ष राजीव झाले जनाएका छन् ।

लता कपडा वितरण कार्यक्रममा क्लोथ वैंकका अध्यक्ष राजीव झाले गरिव तथा विपन्न परिवार जसलाई कपडा किन्नका लागि रकम नरहेको खण्डमा वैंकले सहयोग गर्ने बताए ।

हुनेले आ–आफ्नो बच्चाको लता कपडा खरिद गर्दा एउटा कपडा क्लोथ वैंकका लागि पनि खरिद गर्न आग्रह गर्दै बैंकमा जम्मा भएका कपडाहरुलाई नहुनेलाइ दिनुको साथै आपत,विपत,दैबिक प्रकोप परेको अवस्थामा तत्कालै प्रभाबितलाइ सहयोग गर्ने बताए । अध्यक्ष झाले यस अभियानमा सबैको सहयोग अपरिर्हाय रहेको समेत बताए ।

कार्यक्रममा धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले समुदाय प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनता बिचको आत्मीय सम्बन्धलाई बढावा गर्ने उदेश्य रहेको बताए ।

उनले भने–हामी जनतालाई सहयोग गर्छौं र जनताले पनि सहि सुचना दिएर हामीलाई सहयोग गर्नुपर्छ,हामी एक अर्काको परिपुरक हौं । उपरिक्षक खनालले जनता र प्रहरी हातमा हात मिलाएर अगाडी बढे अपराध समाप्त गर्न सकिने दाबी समेत गरे । क्लोथ वैंक धनुषाले विपन्न परिवारहरुलाई विभिन्न समयमा सहयोग गर्दै आएको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ