कलैयाका मेयरले एकलौटी गरेको भन्दै नगरसभामा अवरोध

समाचार

6/26/2019

बारा, ११ असोज । कलैया उपमहानगरपालिकाको चौथो नगरसभा बहुमत सदस्यहरुले रोकेका छन् ।

उपमहानगरपालिकाका मेयर राजेश राय यादवले एकलौटी रुपमा दुई तिहाई नगरसभा सदस्यलाई जानकारी नै नदिई गुपचुप रुपमा नगरसभा गर्न लागेको भन्दै उनीहरुले नगरसभा हलमा तालाबन्दी समेत गरेका छन् ।

आ.व.२०७५÷७६ को आयव्यय सार्वजनिक नै नगरी एकलौटी रुपमा बिना बिषयगत समिति तथा योजना तर्जुमा समितिमा छलफल गरि आ.व.२०७६÷७७ को परिषद् गर्न लागेको भन्दै करिब दुई तिहाई नगरसभा सदस्य बिरोध गरेका छन् ।

नगरसभा बिरोध कार्यक्रमको नेतृत्व उप मेयर रहिमा खातुनले गरेकी छिन् भने २७ मध्ये करिब २० जना वडाध्यक्ष, ४ जना कार्यपालिका सदस्य र १०८ मध्ये ८५ जना वडासदस्यले असहमति जनाएका छन् ।

विगतका दिनमा कलैया उपमहानगरपालिकामा मेयर यादवको एकलौटी निर्णयहरुको पटक पटक बिरोध हुने गरेका छन् । योजना छनौट,कर्मचारी भर्ना, नीति नियम निर्माण लगायतको कार्यमा उनको विरोध हुने गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ