कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

समाचार

5/19/2019

कैलाली, ५ जेठ । कैलालीमा छुट्टाछुट्टै तीन स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका ३ कुसुमघाटस्थित सडकमा से.१ ह २७३७ नम्बरको अटोरिक्शा पल्टिएर दुर्घटना हुँदा गम्भीर घाइते भएका अटोरिक्शामा सवार बर्दिया गुलरीया नगरपालिका ४ बस्ने ५१ वर्षीय गिदवा थारुको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका आटो चालक समेत ४ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । अटोरिक्सा चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, टिकापुर नगरपालिका ७ स्थित सडकमा बा.१६ च ४७१० नम्बरको कार र यूपी ३१ स ५१७० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका ८ बटनपुर बस्ने २६ वर्षीय कमल साउदको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, जानकी गाउँपालिका ४ बेलापुरस्थित सडकमा से.२ प ४२४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीय रामनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने कृष्ण बमको टिकापुर अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके पठाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ