कैलाली, १२ चैत । कैलालीमा मोटरसाइकल र मिनिट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–९ बल्मीस्थित सडकमा से.३ प ९४२९ नम्बरको मोटरसाइकल र भे.१ ख १४१४ नम्बरको मिनिट्रक एकआपसमा ठोक्किएको थियो ।
सोमबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेल्धुरा नवदुर्गा गाउँपालिका–४ घर भई हाल कञ्चनपुर कृष्णपुर नगरपालिका–४ बस्ने ५० वर्षीय तेजबहादुर रावल र मोटरसाइकलमा सवार ६० वर्षीय बीरबहादुर रावलको सेती अंचल अस्पताल धनगढीमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया