कालो मरिच बरामद

समाचार

5/11/2019

बारा, २८ बैशाख । सिम्रौनगढ नगरपालिका ७ कवलपुरबाट करिब २ लाख ८० हजार रुपैयाँ बराबरको १६ वटा बोरामा रहेको करिब ४ सय किलो कालो मरिच प्रहरीले बरामद गरेको छ ।

एक समूहले टाउकोमा बोकेको उक्त मरिच नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले फेला पारी रोक्न खोज्दा उनीहरु मरिच छाडेर फरार भएपछि प्रहरीले बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ